संगालोखबर सम्वाददाता

विराटनगर । पित्तथैलीको पथरीयाको शल्यक्रिया गराएका बिरामीको मृत्यु भएपछि विरामीका आफन्तले आइतवार विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् । बिरामीको मृत्युपछि क्लिनिकमा ताला लगाएर अस्पतालका जिम्मेवार व्यक्तिहरु हिडेको भन्दै आक्रोशित बिरामीका आफन्तले क्लिनकमा तोडफोड गरेका हुन् ।

Advertisement

पित्तथैलीको पथरिया फाल्न बेलबारी–८ की ३२ वर्षीया सजना राई पुस २८ गते क्लिनिकमा भर्ना भएकी थिईन् । सोही दिन उनको अप्रेशन भयो । अप्रेशनपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियो ।

तर, शुक्रवार उनको मृत्यु भयो । क्लिनिकले अप्रेशनमा लापरबाही गर्नाले बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । बिरामीको मृत्युपछि क्लिनिक प्रशासनसँग छलफल गर्न खोज्दा क्लिनिक बन्द गरेर हिडेको भन्दै उनीहरु तोडफोडमा उत्रिएका हुन् । यसैबीच क्लिनिक तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!