झापा । झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । कमल गाँउपालिका–६ का २० बर्षीय नवराज भट्टराईलाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणपश्चात उनको शरीरमा चेकजाँच गर्दा गुप्ताङमा लुकाएर राखेको अवस्थामा २० ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।