विराटनगरको नोबेल अस्पतालमा एक महिलाले जन्माइन तिम्ल्याहा बच्चा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाले एकै पटक तीन सन्तानलाई जन्म दिएकी छन् । झापाको गौरीगन्ज गाउँपालिका–४ की २२ वर्षीया रुविना ताजपुरियाले एकै पटक तिम्ल्याहा छोरा जन्माएकी हुन् ।
जन्मिएका दुई बच्चाको तौल १ किलो ६ सय ग्राम छ भने एउटा बच्चाको तौल २ किलो १ सय ग्राम छ । अप्रेसन गरेर तीन वटै बच्चा सकुशल निकालिएको नोबेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.शान्ति सुव...






























