संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर महिलाको मृत्यु भएको छ । भान्साकोठाको चुलोमा जल्दा स्थानीय ४५ वर्षीया भेडियनदेवी माझीको मृत्यु भएको हो ।

भात पकाउने क्रममा लडेर आगोमा पर्दा माझी जलेकी हुन् । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल ल्याइएको थियो ।

Advertisement

अस्पताल पुर्याउँनासाथ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!