संगालोखबर सम्वाददाता

विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो ।

Advertisement

प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष टिकाराम जमरकट्टेलले गत आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेल, सल्लाहकार चन्द्रप्रसाद जमरकट्टेल, अध्यक्ष कुमारमणी जमरकट्टेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकट्टेल र थीरप्रसाद जमरकट्टेलले वंशको हितका लागि बन्धुहरुबीचको एकतालाई मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सचिव रविन जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा सदस्य एकराज जमरकट्टेलले मन्तव्यमार्फत सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भारद्वाज ऋषिको सालिकमा माल्यार्पण पनि गरियो । साधारण सभामा मोरङ, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायत जिल्लाका जमरकट्टेल बन्धुहरू सहभागि थिए ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरु छन् । बन्धुहरुबीचको एकताका लागि प्रतिष्ठान निर्माण गरेर अघि बढेका जमरकट्टेलहरुले विराटनगर–१९ स्थित बैजनाथपुरमा करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्दैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!