संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर भव्यतापूर्वक संविधान दिवस मनाउँने निर्णय गरेको हो ।

Advertisement

नेपालमा अहिले ‘नेपालको संविधान २०७२’ कार्यान्वयनमा छ । २०७२ असोज ३ गते पारित भएको यो संविधान जनताका प्रतिनिधिले बनाएको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान दिवसको अवसर पारेर असोज २ गते मठमन्दिर र गुम्बाहरूको सरसफाइ गरिनेछ ।

असोज ३ गते सहिद भीमनारायण चौकमा भेला भएर बसपार्कसम्म प्रभात फेरी गरिनेछ । प्रभात फेरी पश्चात बसपार्कको सहिद स्तम्भमा माल्यार्पण गरेर सहिदहरू प्रति सम्मान प्रकट गर्ने कार्यक्रम तय भएको छ । असोज २ देखि ४ गतेसम्म साँझ दिपावली गर्ने निर्णय पनि भएको बैठकमा सहभागि नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय लगायतका प्रमुख तथा प्रतिनिधि सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!