संगालोखबर सम्वाददाता

धनकुटा । ५९ औं बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले चौथो भएका छन् । उनीहरूलाई क्रमशः पाँच, चार, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयका विद्यार्थीहरू सहभागि थिए । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा डा.यज्ञप्रसाद गुरागाईँ, शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ र सञ्चारकर्मी रमेशचन्द्र अधिकारी निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, गैरसरकारी संस्थाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारी, केदार दाहाल लगायतले वाल दिवसको सन्दर्भमा धारणा राखेका थिए ।

यसैगरी, बाल दिवसको अवसरमा धनकुटामा र्‍याली र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!