मूल्यवृद्धिको विरोध गर्दै धनकुटामा मसाल जुलुस प्रदर्शन
धनकुटा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज साँझ धनकुटा बजारमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेको हो ।
हात-हातमा मसाल बोकेर बसपार्क नजिकबाट सुरु भएको जुलुस मदनचोक हुदै चुवाको बोट चोक पुगेको थियो । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, नालायक गठबन्धन सरकार मुर्दावाद, मूल्यवृद्धि गर्न पाइदैन, विदेशी ...





























