संगालोखबर सम्वाददाता

विराटनगर । प्रेस सेन्टर मोरङले नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरेको छ । उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्ष तोकिएको विषयमा असन्तुष्टि जनाउँदै सेन्टरले आज महासंघ भवनको मूल गेटमा तालाबन्दी गरेको हो ।

Advertisement

महासंघका अध्यक्ष संजीव खनाल क्यानाडा गएका छन् । उनले उपाध्यक्ष आचार्यलाई भदौं २९ गते लिखित रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् । महासंघको विधानअनुसार जिल्ला शाखामा वरिष्ठ उपाध्यक्षको पद नभएको हुँदा दुबै उपाध्यक्षको समान हैसियत हुने, निर्वाचन हुँदा उपाध्यक्ष पदमा सबैभन्दा बढी मत प्राप्त गरेको र उमेरमा ज्येष्ठताका कारण उपाध्यक्ष आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको खनालले पत्रमा उल्लेख गरेका छन् ।

यता, महासंघका अर्का उपाध्यक्ष मोहन भट्टराईले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुपर्ने प्रेस सेन्टरको माग छ । महासंघ मोरङको खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुपर्ने भएपनि विधान विपरित गरिएको दावी गर्दै सेन्टरले तालाबन्दी गरेको हो ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले कार्यवाहक तोकिएको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरिएकाले तालाबन्दी गरेको जानकारी दिए ।

विधान अनुसार भट्टराईलाई कार्यवाहक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको खोलिने उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!