धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ माझीगाउँमा पिङ खेल्ने क्रममा लडेर बालकको मृत्यु भएको छ । बुधबार अपरान्ह करिब ४ बजे पिङ खेल्ने क्रममा लड्दा माझीगाउँका मदन खड्काका छोरा १० वर्षीय मन्दिपको मृत्यु भएको हो ।
घर नजिक रहेको इपिलको रुखमा जुटको डोरीको पिङ बनाइएको थियो ।
सोही पिङ खेल्ने क्रममा लड्दा मन्दिपको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।