महालक्ष्मीमा नारी दिवस: महिला भलिबल र हाजिरीजवाफ, स्वयंसेविकालाई भत्ता दिएर विदाई

महालक्ष्मीमा नारी दिवस: महिला भलिबल र हाजिरीजवाफ, स्वयंसेविकालाई भत्ता दिएर विदाई

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बिभिन्न कार्यक्रम गरेर १११ औं नारी दिवस मनाएको छ । दिवसको अवसरमा छात्रा भलिवल प्रतियोगिता, महिला हाजिरी जवाफ प्रतियोगिता र म्यूजिकल चियर प्रतियोगिता गरिएको छ । त्यस्तै, उमेर हद नाघेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता दिएर सम्मान गरी विदाई गरिएको छ । दिवसको अवसरमा महालक्ष्मी उप-मेयर कप अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको ह...
नारी दिवसमा महिलाले खुवाए बृद्धबृद्धालाई खाजा

नारी दिवसमा महिलाले खुवाए बृद्धबृद्धालाई खाजा

बिराटनगर । १११ औं नारी दिवसको अवसर पारेर स्वतन्त्र महिला समूहले सोमबार विराटनगरस्थित विराटेश्वर वृद्घाश्रमका बृद्धबृद्धाहरुलाई दिवा खाजा खुवाएको छ । समूह सम्वद्ध महिलाहरुले सहयोग संकलन गरी नारी दिवसको अवसर पारेर बृद्धबृद्धाहरुलाई खाजा खुवाएका हुन् । बृद्धबृद्धालाई दिवा खाजाको रुपमा खिर, पुरी, तरकारी, अचार र फलफुल खान दिइएको स्वतन्त्र महिला समूहकी सदस्य सुष्मा ढकालले जानकारी दिइन् । सो वृद्घाश...
छथर जोरपाटीका ६ महिला उद्यमी पुरस्कृत, एक जनालाई सम्मान

छथर जोरपाटीका ६ महिला उद्यमी पुरस्कृत, एक जनालाई सम्मान

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले १११ औं महिला दिवसको अवसर पारेर ६ जना महिला उद्यमीलाई पुरस्कृत र एक अगुवा महिला राजनीतिककर्मीलाई सम्मान गरेको छ । ‘उद्यमी अनुभव आदान-प्रदान तथा सम्मान कार्यक्रम’ गरेर महिलाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ का ढाका उद्यमी रविना लिम्बू, वडा नं.२ का ज्याकेट तयारी व्यवसायी कल्पना दर्लामी मगर र वडा नं.३ का बाख्रा पालक उद्...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले गर्यो १३ जनालाई सम्मान

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले गर्यो १३ जनालाई सम्मान

विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मान गरिएको छ । कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्नेलाई सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी...
धनकुटामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनकुटामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका ७ चाम्चामा आज ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । चाम्चास्थित गैरीगाउँ भित्री सडक खण्डमा बिहान करिब ११ बजे ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको हो । गैरीगाउँदेखि चाम्चातर्फ आउँदै गरेको ना ५ त १९७१ नम्बरको ट्याक्टरले सहिदभूमि ७ का ५० बर्षीया मनकुमारी राईलाई ठक्कर दिएको हो । ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधि...
जिल्ला सहकारी संघ धनकुटाको अध्यक्षमा सुवेदी निर्वाचित

जिल्ला सहकारी संघ धनकुटाको अध्यक्षमा सुवेदी निर्वाचित

धनकुटा । जिल्ला सहकारी संघ धनकुटाको अध्यक्षमा खगेन्द्र सुवेदी निर्वाचित भएका छन् । संघको ९ औं साधारण सभामा भएको मतदानमा निकटतम प्रतिद्वण्द्वी जयेन्द्र घिसिङलाई ८ मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा सुवेदीले ५० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वण्द्वी घिसिङले ४२ मत प्राप्त गरेका छन् । त्यस्तै सञ्चालक समितिको उपाध्यक्षमा कमल कुमार लामिछाने, सचिवमा ट...
ट्रकमा सामान लोड गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

ट्रकमा सामान लोड गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोरङको बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिष मग्राती छन् । गएराती करिव ९ बजे दुहबी–२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ईलेक्ट्रिक क्रेनबाट करेन्ट लाग्दा ट्रकका सह–चालक आशिष घाइते भएका थिए । बिराट अस्पतालमा उपचारका क्रममा राती करिव पौने १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी क...
विद्युतको महसुल बुझाउन नसक्ने सहिदभूमिका विपन्न परिवारलाई सोलार सिस्टम

विद्युतको महसुल बुझाउन नसक्ने सहिदभूमिका विपन्न परिवारलाई सोलार सिस्टम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्न परिवारलाई सोलार सिस्टम, रकेट चुलो र वायो ग्यास वितरण गर्न थालेको छ । सोलार सिस्टम वितरणको पहिलो चरणको कार्यक्रम वडा नं ३ बाट सुरु भएको हो । वडा नं ३ का ७ परिवारलाई २० वाट क्षमताको पाँच वटा बत्ति बाल्न मिल्ने सोलार सिस्टम वितरण गर्दै गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रमको उद्घाटन गरेका छन् । केही दिनअघि सम्पन्न भ...
धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनकुटा नगरपालिका–७ की ४० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । फागुन १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डाइबेटिज रोगसमेत रहेकी उनको बिहान करिव ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दि...
मोरङमा विद्यार्थीले बनाए भूकम्पको पूर्व जानकारी दिनेसहित एक दर्जन वैज्ञानिक यन्त्र

मोरङमा विद्यार्थीले बनाए भूकम्पको पूर्व जानकारी दिनेसहित एक दर्जन वैज्ञानिक यन्त्र

विराटनगर । मोरङको बुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा ३ बर्षे ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रीकल ईन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले १ दर्जन बहुउपयोगी वैज्ञानिक यन्त्र तथा उपकरण निमार्ण गरेका छन् । विद्यार्थीहरुले फाल्गुण २५ गते विश्वविद्यालयमा हुन गईरहेको प्रर्दशनीलाई लक्षित गर्दै सो यन्त्र तथा उपकरण निमार्ण गरेका हुन् । आईतबार कलेजको अन्तिम वर्षमा अध्ययनरत ईलेक्ट्रोनिक्स तथा ईलेक्ट...
अब इटहरीमा महिलाले नाैमती बाजा बजाउने

अब इटहरीमा महिलाले नाैमती बाजा बजाउने

इटहरी । अब इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति बाजा घन्काउने भएका छन् । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती बाजा प्रदान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा महिला समूहलाई नौमति बाजा प्रदान गरिएको हो । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत महिला समूहलाई व्यवसायिक रुपमा अघि बढ्न नौमति बाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले बता...
ईलामका टेम्पो पल्टिँदा चालकको मृत्यु

ईलामका टेम्पो पल्टिँदा चालकको मृत्यु

ईलाम । ईलाममा टेम्पो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टिँदा चालक स्थानीय ४२ बर्षीय सुकमान राईको मृत्यु भएको हो । बिहान करिव १० बजे गोर्खेबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको टेम्पो अनियन्त्रीत भई दुर्घटना हुँदा राई घाइते भएका थिए । घाइते राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनग...
विराटनगरबाट गाँजासहित तीन जना पक्राउ

विराटनगरबाट गाँजासहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–५ बाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र बर्जु गाँउपालिका–१ का ३४ बर्षीय चौथानन्द राय छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार उनीहरुलाई टेम्पोको पछाडि सिटमुनी लुकाई राखेको अवस्थामा २ केजी गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो । गाँजासहित पक्राउ ...
गोठगाउँमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

गोठगाउँमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुई घाइते छन् । मृत्यु हुँनेमा बेलबारी–११ का २१ बर्षीय अर्जुन न्यौपाने र २१ बर्षकै मनोज कटुवाल छन् । आज राती करिव पौने १ बजे बा ४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउँदै गरेको प्र २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठ...
महालक्ष्मीको दमारमा दलित र गैरदलितद्वारा सामूहिक भोज

महालक्ष्मीको दमारमा दलित र गैरदलितद्वारा सामूहिक भोज

धनकुटा । जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा सचेतनामूलक सहभोज कार्यक्रम गरिएको छ । महालक्ष्मी नगरपालिकाको सहयोगमा सामाजिक विकास सरोकार केन्द्र धनकुटाले दलित र गैरदलितवीच सामूहिक भोज खाने कार्यक्रम गरेको हो । कार्यक्रममा दलित र गैरदलित समूदायका १५० भन्दा बढी व्यक्तिहरु सहभागी थिए । उनीहरुले छुवाछुत प्रथा तोड्दै सामूहिक रुपमा भोज खाएर छुवाछुतविरुद्ध सचेतन...
धनकुटामा प्रचण्ड-माधव पक्षीय नेकपाका सात वटै पालिका कमिटीको सपथ ग्रहण

धनकुटामा प्रचण्ड-माधव पक्षीय नेकपाका सात वटै पालिका कमिटीको सपथ ग्रहण

धनकुटा । धनकुटामा प्रचण्ड–माधव पक्षीय नेकपाको सात वटै पालिका कमिटीका पदाधिकारी तथा सदस्यले शनिबार सपथ ग्रहण गरेका छन् । धनकुटा, पाख्रीबास र महालक्ष्मी नगर कमिटी तथा छथर जोरपाटी, शहिदभूमि, साँगुरीगढी र चौबिसे गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । तीन वटा नगर कमिटीमा ८१/८१ र चार वटा गाउँ कमिटीमा ७७/७७ जनाले सपथ लिएको नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले जानकारी दिए । धनकुटा...
धनकुटा वितरक संघकाे अध्यक्षमा पुनः श्रेष्ठ

धनकुटा वितरक संघकाे अध्यक्षमा पुनः श्रेष्ठ

धनकुटा । धनकुटा वितरक संघको अध्यक्षमा पुनः कृष्णराज श्रेष्ठ चयन भएका छन् । संघकाे दाेस्राे अधिवेशनले अघिल्लाे कार्यसमितिका अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेकाे हाे । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा सुन्दर आचार्य, महासचिवमा डिजेश शाक्य, सचिवमा उज्वल कटेल र कोषाध्यक्षमा बिपिन थापा निर्वाचित भएका छन् । यसैगरी कार्यकारी सदस्यहरुमा रमेश तिम्सिना, देवे...
भोजपुरमा ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ । ट्याक्टरबाट लडेर रामप्रसाद राई गाउँपालिका–४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको मृत्यु भएको हो । शुक्रबार साँझ करिव पौने ६ बजे को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लड्दा राई घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा दिउँसो सभा १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैना...
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

सुनसरी । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको । एम्बुलेन्सले ठक्कर दिँदा दुहबी नगरपालिका–८ की ६५ बर्षीया जगबती चौधरीको मृत्यु भएको हो । मंगलबार साँझ करिव ६ बजे सोनापुर चौकस्थित कोशी राजमार्गमा बाटो क्रस गर्ने क्रममा चौधरीलाई प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत चौधरीको आज राती करिव १२ बजे मृत्यु ...
मोरङमा स्कूटी दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङमा स्कूटी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङमा स्कूटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ग्रामथान गाउँपालिका–४ का २५ बर्षीय धिरज माझी छन् । शुक्रबार साँझ करिव ६ बजे कटहरी–७ तकिया चोकमा प्र १–०२–०४३ प २०७८ नम्बरको आफैले चलाएको स्कूटी अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रदेश १ सरकारले अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मीलाई सम्मान गर्ने

प्रदेश १ सरकारले अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मीलाई सम्मान गर्ने

विराटनगर । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड–१९ को महामारीका बेला अग्रपंतिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभ...
धरानबाट गाँजासहित दुई जना पक्राउ

धरानबाट गाँजासहित दुई जना पक्राउ

धरान । धरानबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–५ देवीगाँउ स्थित खाजा एण्ड हुक्का हाउसबाट गाँजासहित भोजपुरको हतुवागढी–९ का २४ बर्षीय आकाश खड्का र हतुवागढी–८ का ३१ बर्षीय टिकाराम कार्की पक्राउ परेका हुन् । प्रहरीलाई शंका लागेर खाजा घरमा बसेका उनीहरुलाई चेक गर्दा उनीहरुको साथबाट १ केजी २०० ग्राम गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार पक्...
ईलाममा भीरबाट लड्दा एक जनाको मृत्यु

ईलाममा भीरबाट लड्दा एक जनाको मृत्यु

ईलाम । ईलाममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको मृत्यु भएको हो । गएराती करिव साढे ८ बजे ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा सिरिसे भीरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । प्रहरीका अनुसार उनी भीरबाट करिव ४० मिटर तल अधेरी खोलामा खसेका थिए ।
ताप्लेजुङ्गका आगलागी पीडितलाई प्रदेश सरकारले दियो राहत

ताप्लेजुङ्गका आगलागी पीडितलाई प्रदेश सरकारले दियो राहत

विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका छन् । आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने दोभान पुगेका मुख्यमन्त्री राईले बताए । त्यस्तै डेराभाडामा बस्द...
छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

मोरङ । मोरङको बेलबारी नगरपालिकाले छोरी तथा बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी तथा बुहारीहरुलाई १ महिनासम्म लोकसेवाको तयारी कक्षा सञ्चालन गरेर पढाइने नगरपालिकाले जनाएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भएपनि त्यो भन्दाबढी सहभागि भ...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

भोजपुर । भोजपुरमा आज ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसाद राई गाउँपालिका–५ का १८ बर्षीय प्रदिप तामाङ छन् । बिहान करिव पौने ७ बजे को २ त ३६६९ नम्बरको ट्याक्टर सडकबाट करिव ४० मिटर तल झर्दा तामाङ घाईते भएका थिए । स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारकै क्रममा बिहान करिव सवा ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक स्थानीय ...
सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैँचा–३ का २० बर्षीय अजित चौधरी छन् । गएराती करिव ९ बजे सोही स्थानमा प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार अजित घाईते भएका थिए । घाईते अजितको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा आज बिहान करिव ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्या...
ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा ४० करोड क्षति

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा ४० करोड क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमा...
सहिदभूमिका बाढी पहिरो पीडितलाई राहत वितरण

सहिदभूमिका बाढी पहिरो पीडितलाई राहत वितरण

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले गत साउन भदौको वर्षाका कारण गाँउपालिकामा पूर्ण घरबार क्षति भएका अति विपन्न परिवारलाई राहत स्वरुप प्रति परिवार २० हजार नगदसहित कम्बल प्रदान गरेको छ । सहिदभूमि–६ का बाढी पहिरो पीडित मानबहादुर राना मगर र जमान सिंह राईको परिवारलाई वडा नंम्बर ६ का वडाध्यक्ष हेमकुमार राईले घरमै पुगेर २०/२० हजार नगदसहित कम्बल प्रदान गरेका हुन् । यो वर्ष बाढी पहिरो पीडित वडा नंम्ब...
धनकुटाका २२ हजार बढीलाई कारोनाविरुद्धको खोप लगाइने

धनकुटाका २२ हजार बढीलाई कारोनाविरुद्धको खोप लगाइने

धनकुटा । धनकुटाका ५५ बर्ष माथि उमेर भएका २२ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ । सरकारले तोकेबमोजिम ५५ बर्ष माथि उमेरका कूल २२ हजार ४ सय ९३ जनालाई आगामी २२ गतेबाट सुरु हुने खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । बुधबार स्वास्थ्य कार्यालयले धनकुटामा पत्रकार सम्मेलन गर्दै खोप अभियानमा जिल्लाका ७ वटै पालिकामा १ सय ७५ खोप केन्द्रबाट १ सय ७५ स्वास्थ्यकर्मी र ...
झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–६ का २६ बर्षीय बिशाल मण्डललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । दिउँसो करिव पौने ३ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ स्थित बसपार्कबाट मण्डललाई पक्राउ गरेको हो । १७ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, भीभो कम्पनीको मोबाइल २ थान र डब्लुबी ७४ ए क्यू ३८६४ नम्बरको स्कूटरसहि...
error: Content is protected !!