संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले गत साउन भदौको वर्षाका कारण गाँउपालिकामा पूर्ण घरबार क्षति भएका अति विपन्न परिवारलाई राहत स्वरुप प्रति परिवार २० हजार नगदसहित कम्बल प्रदान गरेको छ । सहिदभूमि–६ का बाढी पहिरो पीडित मानबहादुर राना मगर र जमान सिंह राईको परिवारलाई वडा नंम्बर ६ का वडाध्यक्ष हेमकुमार राईले घरमै पुगेर २०/२० हजार नगदसहित कम्बल प्रदान गरेका हुन् ।

Advertisement

यो वर्ष बाढी पहिरो पीडित वडा नंम्बर ६ मा १३ परिवार भएपनि अति विपन्न तथा घर पूर्ण रुपमा क्षति भएका दुई परिवारलाई राहत स्वरुप नगद वितरण गरिएको वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार पीडित परिवार मध्ये जमान सिहं राईको घर पहिरोले बगाएपछि अहिले अर्काको जग्गामा बाँसको बेरा र त्रिपालको छानो भएको गोठ बनाई बस्दै आएका छन् । त्यस्तै मान बहादुर मगरको पनि घर पुरै भत्किएकाले बाँस र त्रिपालको छानो भएको गोठ बनाएर बसेका छन् ।

गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिमा बाढी पहिरो पीडितको नामावलि तथा क्षतिको विवरण पठाइसकेको भएपनि राहत आउन ढिलो भएकाले फेरि वर्षातको समय सुरु हुन थालेपछि जस्ताको छानो लगाएर बस्न सहयोग पुगोस भनेर नगद वितरण गरिएको वडाध्यक्ष राईले बताए ।

यस अघि जिल्ला रेडक्रस सोसाइटी, गाँउपालिका र वडा कार्यालयबाट बाढी पीडित परिवारलाई खाद्यान्न सामाग्री, त्रिपाल, कम्बल लगायतका सामाग्री वितरण गरिएको थियो । गाँउपालिका भित्रका बाढी पहिरो पीडित घरपरिवारलाई घर बनाउन, वस्ति स्थान्नतरण तथा व्यवस्थापन गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिमार्फत पहल भइरहेको गाँउपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!