
भोजपुर । भोजपुरमा ट्याक्टरबाट लड्दा एक जनाको मृत्यु भएको छ । ट्याक्टरबाट लडेर रामप्रसाद राई गाउँपालिका–४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको मृत्यु भएको हो ।
शुक्रबार साँझ करिव पौने ६ बजे को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लड्दा राई घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा दिउँसो सभा १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ट्याक्टर र चालक रुपन्देही सैनामैनाका सागर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।