संगालोखबर सम्वाददाता

विराटनगर । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड–१९ को महामारीका बेला अग्रपंतिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।

Advertisement

सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल तथा ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरिने बताइन् । सामाजिक विकास मन्त्रालय र सामाजिक संघ/संस्थाहरुको आयोजनामा दिवस मनाईनेछ ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार: समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!