संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३४ बर्षीय केशब तामाङ, २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगर छन् ।

गएराती करिव ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको टोलीले तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गाँजा २०० ग्राम फेला पारेको हो । तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका पाँचै जनाका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!