संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा वितरक संघको अध्यक्षमा पुनः कृष्णराज श्रेष्ठ चयन भएका छन् । संघकाे दाेस्राे अधिवेशनले अघिल्लाे कार्यसमितिका अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेकाे हाे । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा सुन्दर आचार्य, महासचिवमा डिजेश शाक्य, सचिवमा उज्वल कटेल र कोषाध्यक्षमा बिपिन थापा निर्वाचित भएका छन् ।

यसैगरी कार्यकारी सदस्यहरुमा रमेश तिम्सिना, देवेन्द्र प्रधान, गणेश पौडेल, कमल खतिवडा, उत्सव कटेल निर्वाचित भएका छन् । अधिवेशन उद्घाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आर्थिक समृद्धीको आधार उद्योग, व्यापार र व्यावसायनै भएको दावी गरे ।

कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, धनकुटा लेडि जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले निजि क्षेत्रले विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!