- संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरमा आज ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसाद राई गाउँपालिका–५ का १८ बर्षीय प्रदिप तामाङ छन् ।

बिहान करिव पौने ७ बजे को २ त ३६६९ नम्बरको ट्याक्टर सडकबाट करिव ४० मिटर तल झर्दा तामाङ घाईते भएका थिए । स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारकै क्रममा बिहान करिव सवा ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर चालक स्थानीय सञ्जिव खड्कालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!