संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्न परिवारलाई सोलार सिस्टम, रकेट चुलो र वायो ग्यास वितरण गर्न थालेको छ । सोलार सिस्टम वितरणको पहिलो चरणको कार्यक्रम वडा नं ३ बाट सुरु भएको हो ।

Advertisement

वडा नं ३ का ७ परिवारलाई २० वाट क्षमताको पाँच वटा बत्ति बाल्न मिल्ने सोलार सिस्टम वितरण गर्दै गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रमको उद्घाटन गरेका छन् । केही दिनअघि सम्पन्न भएको सातांै गाँउसभाबाट विद्युत चुहावटमुक्त तथा उज्यालो गाँउपालिका घोषणा गर्ने अभियानको पक्रिया सुरु भएको गाँउपालिका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्न नेपाल विद्युत प्रधिकरणसँग पनि छलफल तथा सहकार्य समन्वयको कार्य अगाडि बढी सकेको र उज्यालो गाउँपालिका घोषणा गर्नका लागि विकट एकान्त ठाँउमा बसोबास गर्ने र विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्न परिवारलाई गाउँपालिका अध्यक्षसँग विपन्न कार्यक्रम अन्तरगत सोलार सिस्टमको व्यवस्था गरिएको छ ।

वडा नं ३ का दल बहादुर राई, लुन्मि राई, जोक बहादुर राई, प्रधान राई, केबल राई र राजकुमार राईको परिवारले सोलार तथा रकेट चुलो पाएका छन् । सोलारसँगै गाउँपालिकाले जलवायू परिवर्तन न्यूनिकारणका लागि धुँवारहित रकेट चुलो र वायो ग्यास पनि वितरण गरिरहेको छ । वितरण गरिएको सोलार तथा रकेट चुले गाउँपालिकालाई प्राप्त ७ लाख सर्सत अनुदान र सोही कार्यक्रमका लागि थप गरेको २ लाख बजेटमार्फत सोलार प्यानल खरिद, जडानसहित सुधारिएको रकेट चुलो र वायो ग्याससमेत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

सातै वटा वडामा पहिले चरणमा ४९ परिवार र दोस्रो चरण २६ गरी कूल ७५ परिवारलाई सोलार प्यानल, सुधारिएको रकेट चुलो र वायो ग्यास वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!