इलाममा धमाधम पक्राउ पर्दै फरार अभियुक्त, कारागार व्यवस्थापनमा समस्या

इलाममा धमाधम पक्राउ पर्दै फरार अभियुक्त, कारागार व्यवस्थापनमा समस्या

इलाम । रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । यही फागुन १२ गते राई सुनसरीको धरानमा लुकेको अवस्थामा पक्राउ परे । इलाका प्रहरी कार्यालय धरान र अस्थाय...
दाताको सहयोगले धनकुटाकी अम्मलको मृगौला प्रत्यारोपण

दाताको सहयोगले धनकुटाकी अम्मलको मृगौला प्रत्यारोपण

धनकुटा । दाताहरुबाट संकलित रकमको सहायताले धनकुटाको सहिदभूमि गाउँपालिका–२ ढोलमुखाकी अम्मल राईको मृगौला प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा सोमबार २३ बर्षीया राईको मृगौला सफलतापूर्वक प्रत्यारोपण भएको परिवार स्रोतले जनाएको छ । करिब १० बर्षअघिदेखि राईको दुवै मृगौलामा समस्या देखिएको थियो । नियमित डायलाइसिस गराउँदै आएकी अम्मललाई उनकी दिदी सिर्जनाले एउटा मृगौला दिने तयार...
प्रधानमन्त्री ओलीले उद्घाटन गरे झापाको क्यान्सर अस्पताल

प्रधानमन्त्री ओलीले उद्घाटन गरे झापाको क्यान्सर अस्पताल

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे । बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् ...
ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका तामाङलाई इटहरीमा स्वागत

ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका तामाङलाई इटहरीमा स्वागत

इटहरी । सामान्य ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई इटहरीमा स्वागत गरिएको छ । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले तामाङलाई स्वागत गरेका हुन् । अपाङ्गताभएका व्यक्तिहरुले स्वतन्त्र, स्वाभिमानी र स्वावलम्वी जीवन जिउन पाउनुपर्ने अधिकारको बारेमा चेतना फैलाउन रामबहादुर ह्वलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका हुन् । उनले सामा...
मोरङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई घाईते

मोरङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई घाईते

मोरङ । मोरङमा माटोको ढिस्कोले पुर्दा आज एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । माटोको ढिस्कोले पुरेर सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमकी २० बर्षीया बन्सुगिया यादवको मृत्यु भएको हो । दिउँसो करिव साढे १ बजे सुनवर्षी–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरेर बन्सुगियाको घटनास्थलमै मृत्यु भएका हो । उनीसँगै गएका ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादवसमेत घाईत...
जथाभावी फोहोर फ्याँकेको भन्दै जवाफ दिन उच्च अदालतको आदेश

जथाभावी फोहोर फ्याँकेको भन्दै जवाफ दिन उच्च अदालतको आदेश

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ । मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय त...
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौं।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगे...
ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

ईलाम । ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । ईलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित सुर्योदय–१० का २३ बर्षीय दियोग राई, देउमाई–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षीय अनिल लिम्बु पक्राउ परेका हुन् । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको टोलीले ७५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट १ थान, नेप...
धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले क्याम्पस परिसरमै क्याम्पस प्रमुख होमबहादुर बस्नेत र सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको पुत्ला जलाएका हुन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्पस...
महालक्ष्मीको छैठौं नगर सभा सुरु, नगरको आफ्नै लोगो सार्वजनिक

महालक्ष्मीको छैठौं नगर सभा सुरु, नगरको आफ्नै लोगो सार्वजनिक

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको छैठौं नगर सभा सोमबारबाट सुरु भएको छ । नगर सभाले कार्यक्रम संसोधन/रकमान्तर, राजश्व र कार्यपालिका बैठकहरुका निर्णय पारित गरेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ का लागि स्वीकृत बार्षिक कार्यक्रम मध्ये २५ वटा कार्यक्रमको ८९ लाख ७७ हजार बजेटलाई ९ वटा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट रकमान्तर गरी संसोधन गरिएको छ । सभामा सभाध्यक्ष एवं नगर प्रमुख पर्शुराम नेपालले क...
शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने

शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने

धनकुटा । धनकुटाको शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभाले शहिदभूमिलाई विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको हो । विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य तथा समन्वय गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यल बताए । त्यस्तै ...
उर्लाबारीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

उर्लाबारीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरको ट्रलीले किच्दा आज एक जनाको मृत्यु भएको छ । ट्रली पल्टेर किच्दा रतुवामाईका ५१ बर्षीय गौरीमान खड्काको मृत्यु भएको हो । दिउँसो करिव साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा ट्रली पल्टेर किच्दा घटनास्थलमै गौरीमानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उदयपुरबाट अवैध काठका फर्निचरसहित दुई जना पक्राउ

उदयपुरबाट अवैध काठका फर्निचरसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरबाट सालका अवैध फर्निचरसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–९ जरायो खोलास्थित मदन भण्डारी राजमार्गमा पश्चिमबाट पूव तर्फ जाँदै गरेको स १ त ७९१६ नंम्बरको ट्याक्टरमा लोड गरी सुनसरीतर्फ लैजादै गरेको अवैध काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठधनि बराहक्षेत्र–२ बयरवनकी ३६ बर्षीया धनु राई र ट्याक्टर चालक बेलका–९ का २४ बर्षीय कृष्ण बहादुर शाही ठकुरी छन्...
उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट लागुऔषधसहित आज एक जना पक्राउ परेका छन् । लागुऔषधसहित त्रियुगा नगरपालिका–५ का २५ बर्षीय प्रदिप शाक्य थारु पक्राउ परेका हुन् । विहान करिव साढे ११ बजे प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेनेर्गन–३० एम्पुल, नूफिन–३० एम्पुल र डाएजेल्याव–३० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विराटनगरका युवालाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगरका युवालाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर । विराटनगरका एक युवालाई बन्दक बनाएर उनको परिवारसँग १० लाख रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई फिरौति रकम माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–२० का २० बर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ बर्षीया सन्ध्या शर्मा छन् । उनीहरुले शनिवार द...
डाँडाखर्कका स्थानीयलाई बाँसका सामाग्री बनाउँने तालिम

डाँडाखर्कका स्थानीयलाई बाँसका सामाग्री बनाउँने तालिम

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कमा बाँसका सामाग्री बनाउँने तालिम सञ्चालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नागरिक सचेतना केन्द्र डाँडाखर्कले एक महिने तालिम सञ्चालन गरेको हो । घरायसी काममा प्रयोग हुँने बासका सामाग्री बनाएर स्थानीयबासीलाई गाउँमै स्वरोजगार बनाउँने उद्धेश्यले तालिम सञ्चालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । स्थानीय २० जनालाई ...
धनकुटाकी युवतीलाई बिहेको आश देखाएर यौन शोषण, स्वार्थ लुटेपछि गहना लिएर फरार

धनकुटाकी युवतीलाई बिहेको आश देखाएर यौन शोषण, स्वार्थ लुटेपछि गहना लिएर फरार

धनकुटा । धनकुटाकी एक युवतीलाई टिकटकको माध्यमबाट सम्बन्ध विस्तार गरेर बिहेको आश देखाई यौन शोषण गरेर गहना लुटपाट भएको घटना सार्वजनिक भएको छ । कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटकबाट धनकुटाकी २९ बर्षीया युवतीलाई साथी बनाई प्रेम प्रस्ताव राखेर बिहेको आसमा यौन शोषण गरी झुक्याएर गहना लुटेको घटना सार्वजनिक भएको हो । घटना माघ २७ गतेको हो । प्रहरीका अनुसार गत पुस महिनादेखि नै...
केराबारीमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

केराबारीमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

मोरङ । मोरङको केराबारी–५ स्थित भित्रि सडकखण्डमा शनिवार बिहान ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सुनसरीको इटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको मृत्यु भएको हो । बिहान करिब ८ बजे को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा राई गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रम...
धनकुटाकी १०४ बर्षीया बृद्धाले जितिन् कोरोना

धनकुटाकी १०४ बर्षीया बृद्धाले जितिन् कोरोना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाकी १०४ बर्षीया बृद्धा अन्नपूर्ण गुरुङले कोरोनालाई जितेकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बृद्धा गुरुङ शुक्रबार कोरोनामुक्त भएको परिवार स्रोतले जनाएको छ । खानपान, आराम र सकारात्मक सोचले कोरोना जित्न सफल भएको गुरुङले प्रतिक्रिया दिइन् । उनलाई माघ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ...
इटहरी उपमहानगरको आठौं नगरसभा सुरु

इटहरी उपमहानगरको आठौं नगरसभा सुरु

इटहरी । इटहरी उपमहानगरपालिकाको आठौं नगरसभा सुरु भएको छ । सभालाई सम्वोधन गर्दै नगर प्रमुख द्धारिकलाल चौधरीले कोभिड १९ का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताए । उनले सातौं नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको उल्लेख गरे । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० ...
धनकुटा क्याम्पसका सहायक प्रमुखको कार्यकक्ष विद्यार्थीको कब्जामा

धनकुटा क्याम्पसका सहायक प्रमुखको कार्यकक्ष विद्यार्थीको कब्जामा

धनकुटा । परीक्षार्थीको उत्तरपुस्तिका साटेको आरोप लागेका धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको कार्यकक्ष विद्यार्थीले कब्जामा लिएका छन् । सहायक क्याम्पस प्रमुख पोख्रेलको कार्यकक्षबाट आज बिहान टेवल कुर्सी निकालेर विद्यार्थीहरुले ग्राउण्डमा राखी उनीविरुद्ध व्याङ्ग्यात्मक प्रदर्शन गरेका हुन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्प...
धनकुटामा गोरु काट्ने तीन जना पक्राउ, धरौटी तिर्ने छुटे, तिर्न नसक्ने जेल चलान

धनकुटामा गोरु काट्ने तीन जना पक्राउ, धरौटी तिर्ने छुटे, तिर्न नसक्ने जेल चलान

धनकुटा । धनकुटा नगरपालिका–६ कचिडेमा गोरु काटेको अरोपमा पक्राउ परेका तीन जना मध्ये एक जना धरौटी रकम बुझाएर छुटेका छन् । वाँकी दुई जना धरौटी रकम बुझाउँन नसक्दा जेल चलान भएका छन् । गत माघ ६ गते गोरु काटेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गोरुको मासुसहित कचिडेका ३० बर्षीय अमर मग्रान्तिलाई पक्राउ गरेको थियो । चार दिनपछि माघ १० गते स्थानीय २२ बर्षीय विकास विसुङ्खेलाई प्रहरीले पक्राउ गर्यो । घटनापछि फ...
उर्लावारीका प्रविणको मृत्यु प्रकरण: दर्जीलाई थुनामा राख्न र राईलाई धरौटीमा छोड्न आदेश

उर्लावारीका प्रविणको मृत्यु प्रकरण: दर्जीलाई थुनामा राख्न र राईलाई धरौटीमा छोड्न आदेश

विराटनगर। मोरङको उर्लाबारी–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत मोरङले पूपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा पक्राउ परेका रतुवामाई–१० का मेहरमान दर्जीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । बिहिबार थुनछेक बहसपछि अदालतले दर्जीलाई थुनामा पठाउन र अर्का आरोपी उर्लाबारी–७ का कुमार राईलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटीमा छुटेका राई स्था...
विराटनगरबाट दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगरबाट दुई लाख भन्दा बढी भारतीय रुपैयाँसहित आज एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया थाना नरपथजंग पोस्ट तलासी–१० का संजय सिंह छन् । साँझ करिव पौने ५ बजे विराटनगर–१७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट लुकीछिपि नेपालतर्फ आएका सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ ५०० का ३८८ थान...
विराटनगरबाट औषधि व्यवस्था विभागका सुपरभाइजर घुससहित पक्राउ

विराटनगरबाट औषधि व्यवस्था विभागका सुपरभाइजर घुससहित पक्राउ

विराटनगर । विराटनगरस्थित औषधी व्यवस्था विभाग कार्यालयमा कार्यरत मेडिकल सुपरभाइजर सरोज सुवेदी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सुपरभाइजर सुवेदीलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ दुधफारमको भट्टराई होटलबाट घुस लिएको दुई लाख रकमसहित सुवेदीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । बन्द भएको फार्मेसी सञ्चालनको अन...
ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट आज दिउँसो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का २५ बर्षीय रोसन दर्जीलाई दिउँसो करिब ३ बजे लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीको साथमा ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको...
इलाममा भटाभट मर्न थाले कुखुरा

इलाममा भटाभट मर्न थाले कुखुरा

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । आइतबार र सोमबारमा एक हजार २ सय कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति...
बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गएराती बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–५ का २५ बर्षीय डिगन गुरुङ छन् । बुधबार मध्यराती पौने १२ बजे भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका गुरुङसहित २६ वर...
पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भ...
घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर-घरमै पुगेर सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्न थालिएको हो । बेलबारी २ नम्बर वडाबाट सम्मान थालिएको छ । घर-घरमै पुगेर जेष्ठ नागरिकहरुलाई व्लाङ्केट, सुइटर लगायत सामाग्री दिएर सम्मान गर्न थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको...
धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटा । केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुको स्वार्थ पुरा हुँन नदिने दावी गरेको छ । नेकपा धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् । आफ्नो स्वार्थ पुरा गर्न राजनैतिक अवस्था धमिल्याएर जनघाती र राष्ट्रघाती कदम चालिएको अरोप लगाउँदै यस्तो स्वार्थ...
error: Content is protected !!