धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनकुटा नगरपालिका–७ की ४० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
फागुन १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डाइबेटिज रोगसमेत रहेकी उनको बिहान करिव ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।
नियम अनुसार उनको शव व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।