मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुई घाइते छन् । मृत्यु हुँनेमा बेलबारी–११ का २१ बर्षीय अर्जुन न्यौपाने र २१ बर्षकै मनोज कटुवाल छन् ।
आज राती करिव पौने १ बजे बा ४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउँदै गरेको प्र २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा न्यौपाने र कटुवात घाइते भएका थिए । विराटनगरस्थित कोशी अस्पतालमा उपचारकै क्रममा रातको पौने २ बजे उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा हाइस चालक काठमाडौंका गणेश थापा र सह–चालक बेलबारीका उत्सब गिरी घाइते भएका छन् । बिराट अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । दुर्घटना भएका दुबै सवारी साधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।