विराटनगर । विराटनगर महानगरपालिका–५ बाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र बर्जु गाँउपालिका–१ का ३४ बर्षीय चौथानन्द राय छन् ।
को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार उनीहरुलाई टेम्पोको पछाडि सिटमुनी लुकाई राखेको अवस्थामा २ केजी गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका तीनै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।