संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका ७ चाम्चामा आज ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । चाम्चास्थित गैरीगाउँ भित्री सडक खण्डमा बिहान करिब ११ बजे ट्याक्टरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

Advertisement

गैरीगाउँदेखि चाम्चातर्फ आउँदै गरेको ना ५ त १९७१ नम्बरको ट्याक्टरले सहिदभूमि ७ का ५० बर्षीया मनकुमारी राईलाई ठक्कर दिएको हो । ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

घटनापछि ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक सहिदभूमि ७ का ४५ बर्षीय हरीबहादुर राई फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । चालक राई ट्याक्टर धनीसमेत हुन् । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!