- संगालोखबर सम्वाददाता

धरान । धरानबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–५ देवीगाँउ स्थित खाजा एण्ड हुक्का हाउसबाट गाँजासहित भोजपुरको हतुवागढी–९ का २४ बर्षीय आकाश खड्का र हतुवागढी–८ का ३१ बर्षीय टिकाराम कार्की पक्राउ परेका हुन् ।

Advertisement

प्रहरीलाई शंका लागेर खाजा घरमा बसेका उनीहरुलाई चेक गर्दा उनीहरुको साथबाट १ केजी २०० ग्राम गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनाको विषयमा सुनसरी जिल्ला अदालतबाट लागुऔषध शीर्षकमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!