संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोरङको बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिष मग्राती छन् ।

गएराती करिव ९ बजे दुहबी–२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ईलेक्ट्रिक क्रेनबाट करेन्ट लाग्दा ट्रकका सह–चालक आशिष घाइते भएका थिए । बिराट अस्पतालमा उपचारका क्रममा राती करिव पौने १० बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!