- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारी नगरपालिकाले छोरी तथा बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी तथा बुहारीहरुलाई १ महिनासम्म लोकसेवाको तयारी कक्षा सञ्चालन गरेर पढाइने नगरपालिकाले जनाएको छ ।

Advertisement

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भएपनि त्यो भन्दाबढी सहभागि भएका छन् । गत बर्ष पनि नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा सञ्चालन गरिएको हो ।

लोकसेवाको तयारी कक्षामा सामेल भएका छोरी तथा बुहारीहरु आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!