धनकुटा । जिल्ला सहकारी संघ धनकुटाको अध्यक्षमा खगेन्द्र सुवेदी निर्वाचित भएका छन् । संघको ९ औं साधारण सभामा भएको मतदानमा निकटतम प्रतिद्वण्द्वी जयेन्द्र घिसिङलाई ८ मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा सुवेदीले ५० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वण्द्वी घिसिङले ४२ मत प्राप्त गरेका छन् । त्यस्तै सञ्चालक समितिको उपाध्यक्षमा कमल कुमार लामिछाने, सचिवमा टेक बहादुर लिम्बु, कोषाध्यक्षमा युवराज थापा र सह–सचिवमा तिलक बहादुर महत निर्वाचित भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा हरी प्रसाद तिम्सिना, मीना राई, पेमा लामा र लक्ष्मण काफ्ले निर्वाचित भएका छन् । साधारण सभाले राजेन्द्र बस्नेत संयोजक तथा मञ्जु कार्की र रोशनराज अमात्य सदस्य रहेको लेखा समिति निर्माण गरेको छ । त्यस्तै केन्द्रिय प्रतिनिधिमा सुन्दरबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।