संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैँचा–३ का २० बर्षीय अजित चौधरी छन् ।

गएराती करिव ९ बजे सोही स्थानमा प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार अजित घाईते भएका थिए । घाईते अजितको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा आज बिहान करिव ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

मोटरसाईकल चालक स्थानीय ३१ बर्षीय देव कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!