संगालोखबर सम्वाददाता

बिराटनगर । १११ औं नारी दिवसको अवसर पारेर स्वतन्त्र महिला समूहले सोमबार विराटनगरस्थित विराटेश्वर वृद्घाश्रमका बृद्धबृद्धाहरुलाई दिवा खाजा खुवाएको छ । समूह सम्वद्ध महिलाहरुले सहयोग संकलन गरी नारी दिवसको अवसर पारेर बृद्धबृद्धाहरुलाई खाजा खुवाएका हुन् ।

Advertisement

बृद्धबृद्धालाई दिवा खाजाको रुपमा खिर, पुरी, तरकारी, अचार र फलफुल खान दिइएको स्वतन्त्र महिला समूहकी सदस्य सुष्मा ढकालले जानकारी दिइन् । सो वृद्घाश्रममा ६० जना बृद्धबृद्धा बस्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!