संगालोखबर सम्वाददाता

विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मान गरिएको छ । कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्नेलाई सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।

Advertisement

सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनीहरुलाई सम्मान गरेका छन् । १३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकताभन्दा गहिराईमा जानुपर्ने बताए । उनले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रहसमेत गरे ।

आन्तरिक मामिला तथा कानून एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ठ रहेको र महिला नेतृत्व सफलताको घोतक भएको बताए ।

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरका मुख्य-मुख्य भागको परिक्रमा गरेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!