
सुनसरी । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको । एम्बुलेन्सले ठक्कर दिँदा दुहबी नगरपालिका–८ की ६५ बर्षीया जगबती चौधरीको मृत्यु भएको हो ।
मंगलबार साँझ करिव ६ बजे सोनापुर चौकस्थित कोशी राजमार्गमा बाटो क्रस गर्ने क्रममा चौधरीलाई प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत चौधरीको आज राती करिव १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
एम्बुलेन्स र चालक पाँचथरको तुम्बेवाका चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।