संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायत बिभिन्न कार्यक्रम गरेर आठौँ संविधान दिवस मनाउँने भएको छ । संविधान दिवस मनाउने तयारीका बिषयमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधवार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

Advertisement

छलफलबाट तीन दिनसम्म विविध कार्यक्रम गरेर भब्य रुपमा दिवस मनाउँने निर्णय भएको छ । जसअनुसार असोज २ गते, प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गर्ने र साँझ दीपावली गरिनेछ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृक्षारोपण कार्यक्रमको गरिनेछ । त्यस्तै, सोही दिन प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिए । ४ गते दीपावली गरेर दिवस मनाइने छ ।

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विभिन्न कार्यक्रम गरेर संविधान जारी भएको दिनलाई हरेक बर्ष संविधान दिवस मनाउँदै आएको छ । अरुबेला प्रभात फेरी तथा गोष्ठीमा सीमित हुने दिवसलाई यो वर्ष फरक ढङ्गले मनाउँने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए । ‘सडकको सौन्दर्यीकरण र हरियाली बनाउनका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षारोपण गर्ने सोच गरेका छौं,’ मन्त्री कार्कीले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!