- संगालोखबर सम्वाददाता

धनकुटा । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) को उम्मेदवारका लागि नेकपा एमालेबाट आठ जनाको नाम सिफारिस भएको छ । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले उम्मेदवारका आकाङ्क्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

Advertisement

एमाले केन्द्रिय सदस्य बिनादेवी राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला सचिव निरन राई, सचिवालय सदस्यहरू खजिन्द्र राई, उमेश घिमिरे, सन्दिप रायमाझी, सोविस चेम्जोङ र सल्लाहकार परिषद सचिव राजेन्द्र खड्काको नाम सिफारिस गरिएको हो । आकाङ्क्षीहरू सबैको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष निरेन तामाङले बताए ।

नाम सिफारिस भएका मध्ये एक जनाले उम्मेदवारको टिकट पाउनेछन् । प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पुगेर उम्मेदवारको अन्तिम टुंगो लाग्नेछ । उम्मेद्वार छनौट प्रकृयाका लागि सोमबार जिल्ला सचिवालयको बैठकमा छलफल छलेको छ ।

यता, प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि पनि नेकपा एमालेबाट पाँच जनाको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्यद्वय हिमादेवी बस्नेत, टंक चुवान, जिल्ला सचिवालय सदस्यद्वय पर्शुराम नेपाल र गोपाल भट्टराईको नाम सिफारिस गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!