- संगालोखबर सम्वाददाता

धनकुटा । आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र कुमार राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

संघमा राजेन्द्र राईको एकल नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको बैठकमा सहभागि पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए । ‘संघमा राजेन्द्र राईको एकल नाम सिफारिस गर्ने निर्णय भइसकेको छ, प्रदेश सभाका लागि क-कस्को नाम पठाउँने भन्ने बिषयमा छलफल चलिरहेको छ,’ गौतमले संगालोखबरसँग भने ।

नेकपा एमालेका केन्द्रिय सदस्य राई अहिलेका बहालवाला प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनले गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका उम्मेदवार सुनिलबहादुर थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गर्दै बिजयी भएका थिए । ३७ हजार ३ सय ३३ मतसहित राई बिजयी हुँदा थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलबहादुर बुबाले स्थापना गरेको राप्रपा छोडेर अहिले कांग्रेसमा छन् । कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका थापालाई धनकुटाबाट कांग्रेसले सर्वसम्मत उम्मेद्वार बनाउँन सिफारिस गरिसकेको हुँनाले अब पुनः राई र थापाबीच नै चुनावी प्रतिष्प्रधा हुने निश्चित भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!