- संगालोखबर सम्वाददाता

मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा.सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा नं.७ मा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

सुन्दरहरैंचा १० स्थित सुकुम्वासी बस्तीमा गरिएको शिविरमा ५४४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १२२ जनाको इसीजी, १५४ जनाको रक्त परीक्षण र १९२ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका १७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार हुन नसकेका ४४ जनालाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे नेतृत्वको टोलीले विरामीको परीक्षण गरेको थियो ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सुन्दरहरैंचा–१२ मा शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटु रोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले शिविरमा १५१ जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा १०२ जनाको मुटुको जाँच इको गरिएको छ भने ४९ जनालाई अस्पताल रेफर गरिएको छ ।

यता, नोबेलका स्त्री रोग बिशेषज्ञ डा.मुन्जल यादव नेतृत्वको टोलीले कानेपोखरी ७ मा ३४४ विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा १३४ जनाको इसीजी, १७२ जनाको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यहाँ पनि २१ जनाको दाँत खोलिएको छ, ३७ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेल अस्पताल सञ्चालक डा.शर्मा कांग्रेस नेता पनि हुन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले मोरङको क्षेत्र नं.३ मा डा.शर्मालाई उम्मेद्वारका लागि सिफारिस गरेको छ । डा.शर्मा अघिल्लो चुनावमा पनि सोही क्षेत्रबाट प्रतिष्प्रधा गरेका थिए । उनी चुनावमा पराजित भएर पनि सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । उनले बर्षौ अघिदेखि सो क्षेत्रमा नोबेल अस्पताल मार्फत नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!