- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा एक जना वृद्धाको हत्या भएको छ । स्थानीय ६५ वर्षीया पूर्णीमाया राईको हत्या भएको हो ।

एक्लै बस्दै आएकी वृद्धाको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या लुटेरा समूहले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वृद्धाले घाँटी र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लगेर अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!