- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले करिब २१ लाख मूल्य बराबरको सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । न्यूनतम मुल्याङ्कन गरी भारतबाट आयात गरिएका बिभिन्न सामाग्रीहरुसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बीआर ३८ ई ७४२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

ट्याक्टर रोकेर चेकजाँच गर्दा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायत सामाग्रीहरू न्यूनतम मुल्याङकन गरी आयात गरिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक भारतको जोगवनीका रोशन यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!