संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौँ । आगामी मंसिर ४ गते हुँने प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना खुल्ला गरिएको छ । ४० दिन कार्यअवधिका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिका लागि आइतबार भर्ना खुलाएको हो । उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Advertisement

साधारण लेखपढ भएको, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रुपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । त्यस्तै, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएका/नरहेकाले आवेदन दिन सक्नेछन् ।

गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बलका उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई छनौटमा प्राथमिकतामा दिइनेछ ।

असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसकिनेछ । दसैंका कारण म्यादी भर्नाको नतिजा भने असोज २५ मा मात्रै गरिने छ । छनोट भएकाहरुलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम दिएर कात्तिक ९ बाट काममा खटाउँने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!