संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेता हेमराज भण्डारीलाई उम्मेद्वार बनाउँने भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति धनकुटाले पोलिटब्युरो सदस्य भण्डारीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

Advertisement

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गरेर प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वार सिफारिसको विवरण सार्वजनिक गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भण्डारीको मात्र नाम सिफारिस गरिएको छ । जसका कारण अब माओवादी केन्द्रबाट भण्डारी नै उम्मेद्वार बन्ने पक्का भएको हो । नेता भण्डारी धनकुटाबाटै निर्वाचित संविधान सभा सदस्य पनि हुन् ।

माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिक तर्फ धनकुटाबाट धनमाया विक, तिलक प्रसाद राई, शम्भु राई र प्रेम दलाहाङ्गको नाम सिफारिस गरेको छ । यता, प्रदेश सभा ‘क’ को प्रत्यक्षतर्फ भूमिराज देवान (आधुनिक), भरतसिंह राई, शोनाम लामा र इन्द्र खत्रीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ‘क’ को समानुपातिकमा ऋषिराम ढुंगाना, डिल्लीराम राई, स्मीता निरौला, हेमचन्द्र राई र बिष्णुमाया कन्दङ्वाको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै, प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ नगेन्द्र गहतराज, कुसुम कुमारी श्रेष्ठ, दुर्गा कुवर र मुक्ति बजगाईँको नाम  सिफारिस गरिएको छ । समानुपातिकमा बिष्णु पारघरी, युगल राई, सरिता बराइली, दिपक आले मगर र चिरञ्जिवी राईको नाम सिफारिस गरिएको पार्टीका जिल्ला संयोजक डिल्लीराम राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!