- संगालोखबर सम्वाददाता

विराटनगर । आपराधिक गतिविधि नियन्त्रणका लागि पूर्वी नेपालको सीमा क्षेत्रमा लामो दुरीको पैदल गस्ती परिचालन गरिएको छ । झापा, मोरङ र सुनसरीको भारतीय सीमा क्षेत्रमा गस्ती खटाइएको हो ।

Advertisement

सीमावर्ती क्षेत्रहरूको अनुगमन कार्ययोजना २०७९ अनुसार गस्ती परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरी नायब निरीक्षकको कमान्डमा १०/१० जना प्रहरीको टोली तीन वटै जिल्लाको सीमा क्षेत्रमा खटिएका छन् ।

चोरी, तस्करी र अपराधजन्य गतिविधिहरूको रोकथाम तथा नियन्त्रणका लागि गस्ती प्रभावकारी हुने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!