सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा भारतको एक्जिम बैंकको लगानीमा भौतिक संरचना निर्माण गरिने भएको छ । सोमबार क्याम्पस प्रशासनले सरोकारवालाहरूसँग आयोजित छलफल कार्यक्रममा संरचना निर्माण बारे जानकारी दिएको हो ।

Advertisement

क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्र छात्रावास र पुस्तकालय भवन निर्माण गरिने भएको हो । एक्जिम बैंकले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनबाट काम सुरु हुने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले बताए । भवन निर्माणका लागि ६ महिनामा विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार हुनेछ ।

करिब ३ महिना अगाडिबाट पुस्तकालय, प्रशासनिक भवनको परिकल्पना गरिएको चित्र सार्वजनिक गरि सुझाव लिई सकेको र अब ३० महिनाभित्र भवन निर्माण सम्पन्न गरी क्याम्पसलाई हस्तान्तरण गरिने न्यौपानेले बताए ।

एक्जिम बैंकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरूलाई भूकम्पपछिको पुनर्निमाणका लागि सहयोग गरेको छ । यही क्रममा धनकुटा क्याम्पसमा पनि सहयोग प्राप्त हुन लागेको हो ।

संरचना निर्माण भएपछि क्याम्पसको पठनपाठन तथा प्रशासनिक काममा सहजता मिल्ने क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताए । ८ करोड मध्ये १ करोड खर्च गरेर क्याम्पसको भृकुटी महिला छात्रावासको ब्लक बनाउने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!