संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य सुरेन्द्र पौडेलसहितका नेताहरू एमालेमा फर्किएका छन् । प्रदेश सदस्य पौडेल, धनकुटा जिल्ला सचिवालय सदस्यद्वय सोवित निरौला, सावित्रा घिमिरे, जिल्ला सदस्यद्वय वेदबहादुर बस्नेत, तेजबहादुर थापासहितका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन् ।

Advertisement

धनकुटाको सिरवानीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, शकुन्तला बस्नेत, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीसहितका नेताहरूले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

नेता माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एस गठन गर्दा उनीहरु पनि त्यतै गएका थिए । अन्ततः उनीहरु नेकपा एस छोडेर एमालेमै फर्किएका हुन् । नेता पौडेल यसअघि नेकपा एमालेको जिल्ला कमिटी सचिवसमेत भइसकेका थिए । आफूसहित ५८ जना नेता कार्यकर्ता नेकपा एस छोडेर एमालेमा फर्किएको नेता पौडेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!