- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो वर्षका विद्यार्थीहरूको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो ।

Advertisement

कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागि थिए । सहभागिहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो वर्षका कोअर्डिनेटर सिता चापागाईँ लगायतले फोहोर व्यवस्थापनको राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अस्पतालजन्य फोहोरलाई वर्गीकरण गरेर बेग्लाबेग्लै डस्टबिनमा राख्ने र व्यवस्थापन गर्ने विधि सिकाइएको छ ।

कुहिने फोहोर, नकुहिने फोहोर, संक्रमित फोहोर, धारिलो फोहोर, औषधिजन्य फोहोर, प्याथोलोजी फोहोर, साइटोटक्सिक फोहोर, रेडियोधर्मी फोहोर र रासायनिक फोहोरको बेग्ला बेग्लै डस्टबिन प्रयोग गरेर फोहोर व्यवस्थापनको अभ्यास पनि गरिएको छ ।

अस्पतालमा फोहोरको उचित व्यवस्थापन हुन नसकेमा बिरामीहरूमा संक्रमण फैलने, झाडापखाला लाग्ने, चोटपटक लाग्न सक्ने, गम्भीर रोग निम्तिने जस्ता खतरा हुँने भएकाले फोहोर व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको नोबेलका नर्सिङ्ग डाइरेक्टर झा बताउँछिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!