- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो ।

Advertisement

श्वासप्रश्वास लगायत समस्याबाट ग्रसित आमा धनकुमारीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखेर अन्तिम संस्कारका लागि आजै भोजपुर लगिने बताइएको छ ।

मुख्यमन्त्री राई परिवारको स्थायी घर भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । स्वर्गिय धनकुमारीका मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा र एक छोरी छन् । मुख्यमन्त्री राई परिवारको कान्छा छोरा हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!