- संगालोखबर सम्बाददाता

मोरङ । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको बेलवारी नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । मंगलवार सञ्चालित शिविरमा बेलवारीका १४३ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ ।

Advertisement

नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितका डाक्टरहरुको टोलीले जेष्ठ नागरिकहरुको मुटु तथा फोक्सो रोगको परीक्षण गरेको हो । शिविरमा ३९ जना जेष्ठ नागरिकको इसीजी, ५३ जनाको रक्त परीक्षण, ३१ जनाको भिडियो एक्सरे र १२९ जनाको ईको गरिएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा ५५ जनाको मुटु तथा फोक्सोमा समस्या देखिएपछि उनीहरुलाई अस्पताल रेफर गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार रेफर गरिएका बिरामीलाई बुधवार नोबेल अस्पतालकै बसद्वारा अस्पताल पुर्याउने र उपचारपश्चात घरसम्म ल्याउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई नोबेलमा निःशुल्क उपचार गरिनेछ ।

नोबेलले मोरङका विभिन्न पालिकाका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिरहेको छ । सोही क्रममा २४ गते पथरी–४ सोमबारे, २८ गते बेलवारी–११ लक्ष्मीमार्ग, ३१ गते बेलवारी–९ डाँगीहाटमा शिविर सञ्चालन गरिने नोबेल अस्पतलाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!