
खोटाङ । खोटाङमा विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवागढी–४ का ४० बर्षीय नबिन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतवार साँझ करिब ५ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा बिधुतको पोलमा लत्रिएको तार मिलाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनी गम्भीर घाइते भए । घाइते राईलाई उपचारका लागि स्थानीय सनराइज हस्पिटल लगिएको थियो ।
त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।