- संगालोखबर सम्वाददाता

विराटनगर । अध्ययनका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजले स्वागत गरेको छ । कलेज परिसरमा भब्य कार्यक्रम आयोजना गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी सङ्कायमा विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।

Advertisement

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सहायक प्राचार्य प्रा.डा.रितु शर्मा बराल, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जेनेरल मेनेजर रुद्र प्रसाद शर्मा लगायतले विद्यार्थीहरुलाई अविर लगाएर कलेजमा स्वागत गरे । सो अवसरमा ‘ह्वाइट कोट सेरमोनी’ पनि गरियो । कलेजको तर्फबाट सबै नयाँ विद्यार्थीहरूलाई सेतो कोर्ट पहिराइयो । कलेजको नियम र पालना गर्नुपर्ने अनुशासनको विषयमा कार्यक्रममा विद्यार्थीहरूलाई जानकारी पनि गराइएको थियो ।

सो अवसरमा बोल्दै प्राचार्य प्रा.डा.घिमिरेले चिकित्सा शिक्षाका लागि नोबेल मेडिकल कलेज मुलुककै उत्कृष्ट कलेजको रुपमा स्थापित भएको दावी गर्दै पढाईका लागि नोबेल रोजेकोमा विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिए । मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिदैँ उनले राम्रो पढेमा विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताए ।

कलेजका अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.कुमारले छोराछोरीलाई उत्कृष्ट शिक्षाका लागि बाटो देखाउने र सहयोग गर्ने अभिभावकहरूप्रति आभार व्यक्त गरे । जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले पनि विद्यार्थीहरूलाई कलेजमा स्वागत गर्दै राम्रो मेहनत गरेर अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए ।

नोबेलमा एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा १५९ विद्यार्थी भर्ना भएका छन् । नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!