संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ शान्ति चोकस्थित कोशी लोकमार्गमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका ७० वर्षीय पदम बहादुर बस्नेत छन् ।

मंगलबार साँझ करिव ७ बजे सडक पार गर्दै गरेको अवस्थामा बस्नेतलाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२ –००२ च ४६९८ नम्बरको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पिकअप र चालक विराटनगर–५ का २४ वर्षीय सन्तोष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!