- संगालोखबर सम्वाददाता

झापा । सम्पत्ति श्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित झापाको मेचीनगर नगरपालिका–१५ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१५ निलकोठीका ३० वर्षीया अप्सरा राजबंशीको घर खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय र डिजिटल मिनी तराजु २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी टोली त्यहाँ पुगेको थियो । श्रोत नखुलेको रकम फेला परेपछि राजबंशी र ससंकित अवस्थामा सोही घरमा फेला परेका स्थानीय ४३ वर्षीय मोहमद मोसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले कहाँबाट सो पैसा ल्याए र त्यसको प्रयोजन के हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!