- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा सेयर बजार सम्बन्धी तालिम सञ्चालन गरिने भएको छ । शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका लागि अनलाइन सेक्युरिटिज लिमिटेड धरानले असोज १ गते स्थानीय चिप एण्ड वेष्ट होटलमा निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो ।

सो कम्पनीले मंगलबार धनकुटामा पत्रकार सम्मेलन गरेर तालिम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । नेपालमा सञ्चालित ५० वटा ब्रोकर मध्ये कारोबारका हिसाबमा अनलाइन सेक्युरिटिज ब्रोकर नं.-४९ मा रहेर काम गरिरहेको छ । सेयर कारोबार कसरी गर्ने, प्राथमिक बजार तथा दोश्रो बजारमा कसरी प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनोट गर्ने तरिका र लगानीलाई सुरक्षित बनाउने उपाय लगायत विषय तालिममा जानकारी गराइने अनलाइन सेक्युरिटिज धरान शाखाका प्रमुख सुजन निरौलाले बताए ।

धनकुटाबासीसहित छिमेकी जिल्ला भोजपुर, सङ्खुवासभा र तेह्रथुमका सेयर लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क तालिम आयोजना गरिएको हुनाले सहभागि भएर मौकाको फाइदा उठाउँन कम्पनीले सबैमा अपिल पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!